Wednesday, August 5News That Matters

चुनावमा मेरो २ लाख पनि खर्च भएन होला : सोविता गौतम

पूर्णपुष्टि, मंसिर ७
नेपालमा कुनै पनि राजनितिक दलका उम्मेदवारहरुले चुनाव लड्दा चुनावी खचै छुट्याउने र लाखौँ कराडौँ खर्चेर मात्रै चुनाव जितेर मेयर सांसद बन्ने माहोल छ । स्थानीय चुनावमै लाखौँ लाख खर्च भयो भन्ने सुनिरहँदा प्रदेश र संघको चुनावमा अर्थात सांसद बन्न कति पैसा लाग्ला यो आफै अड्कल गरौँ । चुनावमा पेट्रोल, मासुभात रक्सी र प्रचारमा बढी खर्च हुने र पैसा बाँड्ने समेत आरोप स्थानीय जनताहरु र स्वयम पार्टीका उम्मेदवारहरुले एक अर्कालाइ लगाउँछ । हारेका उम्मेदवारहरुले मासुभात रक्सी र पैसामा बिक्यो भन्ने आरोपहरु समेत लगाउने गर्छ । यसरी दलका उम्मेदवार र पैसावाला स्वतन्त्र उम्मेदवारहरुले पनि चुनाव जितिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदमा निर्वाचित बनेकी सोविता गौतमले भने आफु सांसद बन्दै गर्दा २ लाख पनि खर्च नगरेको जनाईन् । उनि भर्खरै संघको चुनावमा सांसदमा निर्वाचित कान्छी सांसदको रुपमा पनि छिन् ।

गौतमले काठमाडौँको जनताहरु परिवर्तनको पक्षमा रहेको जनाउँदै सचेत नागरिकहरुले पैसालाई नभई राम्रा व्यक्तिलाई जिताउने र त्यस्तो नागरिकहरुलाई पैसा र खानमा लोभ नहुने जनाईन् । उनीले आफ्नो प्रचार प्रसार बाहेक अन्यमा कुनै खर्च नगरेकी जनाईन् । आफु सँग सहकर्मीहरु समेत धेरै नभएको केहि सिमित साथिहरुकै साथमा चुनाव जितेकी जनाईन् । परिवर्तन चाहानेले व्यक्ति हेर्छ पैसा र पार्टी हेर्दैन् उनिले भनिन् । म सक्षम थिए त्यहाँको नागरिकहरुले बुझे र मलाई जिताए । यदि नागरिकहरु सचेत नभएको भए मैले पनि कि धेरै खर्च गर्नु पर्नेथियो की हारनै बेहोर्नु पर्नेथियो उनिले बताईन्,“ उनले चुनावमा सक्दो आफैले मात्रै मेहनत गरिरहँदा महिला स्टपित्र र सहकर्मिहरुबाट भने उत्ति सहयोग नपाएको दुख व्यक्त गरिन् । उनिले देश र जनताको लागि काम गर्ने राम्रो मान्छेलाई जनताले चिने चुनावमा खर्च करडौँ खर्चिनु नपर्ने संकेत गरेकीछिन् । उनिबाट राजनितिक दलका उम्मेदवारहरुले अब केहि पाठ सिकेर अघि बढ्ने पर्ने देखीन्छ ।