Saturday, May 16News That Matters

चौदण्डिगढी नगरपालिकाले साढे ६३ करोड बजेट ल्यायो

पूर्णपुष्टि, असार १०

चौदण्डिगढी नगरपालिकाको चौथो नगरसभामा आगामी आर्थीक वर्ष २०७७/७८ को लागी साढे ६३ करोड नीति, कार्यक्रम तथा बजेट पेस गरेको छ । नगरसभामा उपमेयर रिताकुमारी चौधरीले आगमी आवको लागी ६३ करोड ५५ लाख ४३ हजार २ सय रुपैयाँको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।

संघिय सरकारबाट वित्तिय समानीकरणमा १४ करोड ३६ लाख, सशर्त अनुदान तर्फ २९ करोड ४६ लाख, राजस्व बाडफाड ११ करोड ३७ लाख ६१ हजार २ सय, विशेष अनुदान ५८ लाख, समपुरक अनुदान १ करोड ६१ लाख रहेको छ ।

त्यस्तै प्रदेश सरकारबाट सर्शत अनुदान १ लाख, वित्तिय सामान्यिकरण ७५ लाख ९५ हजार, समपुरक अनुदान १ करोड, राजश्व बाडफाड १ करोड ९१ लाख, रहेको छ । स्थानीय राजश्व बाँडफाड, घर जग्गा रजिष्टेशन शुल्क बाडफाड र नगरपालिकाको आन्तरिक आय ३ करोड ३९ लाख अनुमानित बजेट प्रस्तुत गरेको छ ।