
पूर्णपुष्टि,मंसिर १६
उदयपुररको कोभिड अस्पताल साधधारेबाट ११ जना कोरोना संक्रमित निको भएर घर फर्किएको छ ।
चौदण्डीगढी नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरी र प्रशासकीय अधिकृत धुर्वराज आचार्य सहित ११ जना कोरोनाबाट मुक्त भएको चौदण्डगढी नगरपालिको मेयर खगेन्द्र राईले बताउनुभयो ।
१७ औ दिनसम्म आईसोलेशनको उपचार पश्चात उनीहरु संगै वडा सचिव गुमानसिंह खड्का, नगरपालिकाका कर्मचारी नेत्र विश्वकर्मा, चालक केदार कोईराला लगायतका व्यक्तिहरु कोरोना मुक्त भएको मेयर राईले बताउनुभयो ।
अधिकृत आचार्य भने आफ्नै क्वाटरमा होमआईसोशन बसेका थिए । उपप्रमुख चौधरी र अन्य १० जना उदयपुर कोभिड अस्पताल सातधारेको आईसोलेशन सेन्टरबाट डिस्चार्ज भएका हुन् । गत ३० गते उप प्रमुख चौधरीसहितको रिपोर्ट पोजेटिभ आएपछि आईसोलेशन भर्ना भएका थिए ।
कोरोना मुक्त भएकाहरुलाई नगर प्रमुख खगेन्द्र राई, सुरक्षाकर्मी, स्थानीय समाजसेवीहरु भोजराज खतिवडा, नीजु श्रेष्ठ लगायतको उपस्थितीमा विदाईसमेत गरिएको छ । स्वास्थ्यलाभको कामना गर्ने सबै शुभेच्छुकहरुलाई उप प्रमुख चौधरीले धन्यवाद दिएका छन् ।
