
पूर्णपुष्टि, बैशाख ३०
चौदण्डीगढी नगरपालिकामा वडाअध्यक्ष सहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज (विहिबार) नगरपालिका स्थित २ वडाको २० नागरिकहरुमा गरिएको एन्टिजेन्ट विधिको परीक्षणमा एक वडाध्यक्षसहित १३ जनामा संक्रममण पुष्टि भएको हो ।
१० नं. वडाको स्वास्थ्य चौकी हडियामा गरिएको परीक्षणमा वडाध्यक्ष सहित १३ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिए ।
हडियामा संक्रमणको आशंका गरिएका व्यक्तिहरू धेरै हुन सक्ने अनुमान गरिएको छ । वडाध्यक्षमा सहित संक्रमण पुष्टि भएपछि वडाबाट दिइने सेवाहरू अनिश्चितकालिन बन्द रहने बताइएको छ ।
