
पूर्णपुष्टि, माघ २२
बिहिबार आगलागि भएको चौदण्डीगढी नगरपालिका ५ सिवाईका ४ अग्नि पिडित परिवारलाई लाइन्स क्लव चौदण्डीगढी उदयपुरले खाद्यन्न सहयोग गरेको छ ।
करिब साँडे २ बजेको समयमा एक्कासी लागेको आगो बाट ४ घर जलेर नष्ट भएको थियो । घर सँगै घरमा रहेको सम्पूर्ण सामान, लक्ता कपडा, खाद्यन्न लगायतका सामाग्रीहरु समेत लजेर नष्ट भएको थियो ।
आगलागि बाट बिचल्ली परिवारले सबै सँग सहयोगको माग गरेका थिए । आगलागि पिडितको समस्यालाई मध्यनजर गर्दै लायन्स क्लवले दैनिक रुपमा प्रयोग गर्न आवश्य रहेको खाद्यन्न पिडिति परिवारहरुलाई सहयोग गरेका छन् । चामल, दाल, नुन, तेल, सावुन जस्ता दैनिक उपभोग्य वस्तुहरु प्रदान गरेको छ ।
क्लवका अध्यक्ष पवन कार्कीले यस्तै वेला संघ संस्था र क्लवहरुले आफ्नो सकरात्म कामहरु प्रस्तुत गर्नु पर्ने बताए । कार्कीले क्लबले अन्य पिडितहरुलाई समेत यस्ता सहयोगहरु पहिले बाटै गर्दै आएको बताए । बिषेश गरी सामाजिक कार्य अन्तरगर्त, प्रकृतिक प्रकोप, अपाङगता, जेष्ठ नगारिक, गरिबि, जस्ता क्षेत्रहरुमा क्लवले धेरै सेवा र सहयोग प्रदान गरिसकेको अध्यक्ष कार्कीले बताए ।
