Saturday, June 13News That Matters

चौदण्डीगढीको पुलिस बिरुद्धको सेट तयार

 बुद्धि चामलिङ राई

काठमाडौ , माघ ९

राष्ट्रिय महिला फुटबल लिगको तेस्रो दिनको आजको खेलमा चौदण्डीगढी महिला फुटबल टिम र नेपाल पुलिस टिम बिच दिउँसो २ बजे सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा प्रतिस्पर्धा हुदैछ । पुलिस विरुद्धको खेलमा चौदण्डीगढीले ११ जना खेलाडिको आफ्नो सेट  तयार गरेको छ ।

किप्परमा जर्सि नम्बर १ को देबिका श्रेष्ठ, कप्तान तथा मुख्य डिफेन्स जर्सी नम्बर ५ की युनिका चामलिङ राई,  राइट डिफेन्समा जर्सी नम्बर ६ अमृता राई,  लेफ्ट डिफेन्स मा जर्सि नम्बर  ३ की पुर्णमाया राई , सेन्ट्रल डिफेन्स मा जर्सी नम्बर २ की सबिता तामाङ, सेन्ट्रल मिडफिल्डर मा जर्सी नम्बर १९ की मनिता तामाङ, सेन्ट्रल मिडफिल्डरमै अर्का जर्सी नम्बर १८ की चोमोलोङमा राई, राइट विङमा जर्सी नम्बर ११ अन्जना थुलुङ राई, लेफ्ट विङमा जर्सी नम्बर १७ की मनिका राई रहनेछन् ।

त्यस्तै दुई स्ट्राइकरमा जर्सी नम्बर १० की सरस्वती चौधरी र जर्सि नम्बर ७ की सुनिता तामाङले खेल्दैछन् ।

त्यसैगरी ९ अतिरिक्त खेलाडिहरुमा जर्सी नम्बर ४ अनुषा थेवे सेन्ट्रल डिफेन्स, जर्सी नम्बर १५ कि निता राई राइट डिफेन्स, जर्सि नम्बर १० अस्मिता राई सेन्ट्रल डिफेन्स, जर्सी नम्बर १४ नमिता राई राइट विङ, जर्सी नम्बर १२ सन्ध्या रम्तेल लेफ्ट विङ, जर्सी नम्बर १३ कि सुमिका राई राइट विङ, जर्सि नम्बर  २१ एल्जिना राई राइट विङ, जर्सी नम्बर ९९ सुस्मिता राई गोलकिप्पर र अर्का जर्सी नम्बर २२ की सजना सुब्बा  गोलकिप्पर रहेकी छिन् ।

टिम मा ४ जना विदेशी खेलाडी राख्न पाउने सुबिधा हुदा पनि विदेशी खेलाडी को ब्यस्तता र अभावले चौदण्डीगढी महिला फुटवल टिमले विदेशी खेलाडी बिना नै लिग खेल्दैछ । यस अघि चौदण्डीगढीले बङ्गलादेशको ४ खेलाडी खेलमा समावेस गर्ने योजना बनाएको थियो । नेपाली राष्ट्रिय महिला फुटबल टिमका केही खेलाडी सहित उत्रिने नेपाल पुलिसमा नेपाली राष्ट्रिय महिला फुटबल टिमका  कप्तान निरु थापा, सपना राइ, रेखा पौडेल,पुजा राणा जस्ता अनुभवी राष्ट्रिय टिमका सदस्य रहेका छ्न् ।

चौदण्डीगढी टिम लाई आफ्नो पहिलो खेलमा बिभागिय नेपाल पुलिसलाई रोक्दै रक्छात्मक खेल खेली सके जित हासिल गरि ३ अङ्क जोड्ने नत्र गोलरहित बराबरी खेली १/१ अङ्क बाड्ने योजनामा चौदण्डीगढी महिला टिम को तयारी छ । तर नेपाल पुलिस भने आज आक्रमक खेल्न जरुरी छ । माघ ७ गते उदघाटनको दिन भएको पहिलो खेलमा अर्का बिभागिय त्रिभुवन आर्मी संग गोलरहित बराबरी खेली १/१ अङ्क बाडेकोमा पुलिसलाई यो खेल जित्नै पर्ने दबाब छ ।

चौदण्डीगढी नगरपालिका उदयपुरका खेलाडीहरुको जर्सि नम्वर सहित नाम लिष्ट यस प्रकारका छन् ।

१ सजना लिम्बू   

२ युनिका राई

३ सुमिका राई

४ देबकला राई

५ सुस्मिता राई

६ निता राई

७ लक्छमि राई

८ सरस्वती चौधरी

९ अमृता राई

१० अन्जना तामाङ

११ देबिका श्रेष्ठ

१२ सुनिता तामाङ

१३ अन्जना राई

१४ सन्ध्या रम्तेल

१५ अस्मिता राई

१६ सपना राई

१७ पुर्णमाया राई

१८ सबिता तामाङ

१९ चोमोलोङमा राई

२० मनिता तामाङ

२१ अनुषा थेबे

२२ एल्जिना राई

२३ नमिता राई