Thursday, April 30News That Matters

चौधरी आमा छोरीको हत्यारा कारागार चलान

उदयपुर, मंसिर ३ गते । 

त्रियुगा नगरपालिका–९ चौकीबारी निबासी २८ वर्षीय गोमा भन्ने शारदाकुमारी चौधरी र उनको छोरी ६ वर्षीय रचनाकुमारी चौधरीको हत्यारा साह पूपक्र्षका लागि कारागार चलान भएको छ । गत असोज २४ गते राती धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर आमा छोरीको हत्या गर्ने सिराहा लहान नगरपालिका–२ मटेरुवा स्थायी घर भई हाल त्रिनपा–३ मोतिगडामा चिया पसल गर्दै आएका ४० वर्षीय रामहरि साह पूपक्र्षका लागि कारागार चलान भएको हो ।

आमा छोरीको हत्यारा साहलाई सोमबार पूपक्र्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ ।