
सुनसरी फागुन, ३०
सुनसरीमा छुट्छुटै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । हिजो बिहान साढै ११ बजे सुनसरी भोक्राह नर्सिङ ४ चिरौली चोक राजमार्ग स्थित मोटरसाईकल र माइक्रो एक आपसमा ठोक्किदा मोरङ सुन्दरहरैचा ७ का ५० बर्षीय योगेन्द्र प्रसाद रिजालको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्रदेश १–०२००१ ज ३९०६ नम्बरको माईक्रो र बिपरित दिशाबाट गईरहेको को ३२ प ३९४४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई गम्भिर गाईते भएको रिजालको बिराटनगर न्युरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
माईक्रो र मोटरसाईकल सहित चालक बिराटनगर १६ का ५२ बर्षिय आयुराज लामालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
यसै गरी सुनसरी बराहक्षेत्र ५ की मन्जु राजधामीको ५ बर्षीय छोरा सुजन राजधामीको टिफरको ठक्करबाट मृत्यु भएको छ । हिजो बेलुका सवाँ ६ बजे राजधामी चौकसडक खण्ड स्थित नहडाबाट कालाबन्जर तर्फ जादै गरेको को १ ख ५७६५ नम्बरको टिफरले बाटो क्रस गर्दै गरेको बालक सुजनलाइ ठक्कर दिदा गम्भिर घाईते भएको थियो । उनको पनि उपचारको लागि काठमाण्डौ लादै गर्दा आज बिहान ०३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिफर र चालक प्रदिप चौधरी लाई प्रहरीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
यो पनि पढ्नुहोस् ।
मोरङ , मोरङको सुनवर्षी ८ हर्चनगढी बाट ३ भारतिय नागरिक हतियार सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्ला अररिया धर्मगंज पंचायत पलासी थाना डकैता भारत बस्ने २१ बर्षीय अजय कुमार मण्डल, १८ बर्षीय आन्नद कुमार मण्डल र २१ बर्षीय राकेश कुमार साह रहेका छन । हिजो राती सावाँ ८ बजे हर्चनगढी स्थितमा रहेको एक घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा उनिहरुलाई हतियार सहित पक्राउ गरेको हो ।
उनिहरुको साथ बाट १ थान कटुवा पेस्तोल, १ राउण्ड गोली र उनिहरुले प्रयोग गरेको १ थान १५० सि सि को पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
