
पूर्णपुष्टि, जेठ २८ झापाको छुट्टा छुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का करेन्ट लागी घाईते भएको अवस्थामा उपचारको क्रममा मृत्यु भएको हो । घाईते भएकी खड्कालाईउपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याउदा मृत्यु भईसकेको थियो । त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाऊपालिका ७ लालधोन्द्रा स्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउने क्रममा करेन्ट लागेर १४ बर्षिय शन्देश धिमालको ज्यान गएको छ । मोरङ बेलबारी नगरपालिका ४ का धिमालको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा महेन्द्रका भान्जा हरेको छ । करेन्ट लागेर घाईते भएका उनको उपचारको लागी लैजानै क्रममा बाटैमा मृत्यु भएको हो । घटना भएको दुवै स्थानमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
