Friday, May 22News That Matters

छोराको कुटपिटबाट वुवाको मृत्यु

झापा, भाद्र ९ 

झापामा छोराको कुटपिटबाट वुवाको मृत्यु भएको छ । गाउँपालिका–३ झापाका ७० बर्षीय साईला टुडुलाई आफ्नै छोरा २५ बर्षीय सुनिल टुडुले कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत राती करिब साँढे ११ बजे छोराले बुबालाई एक्कासी बाँसको भाटाले शरिरका बिभिन्न ठाउँमा अन्धाधुन्द कुटपिट गेर घाईते बनाएको प्रहरीले जनाएको छ । छोराको कुटपिटबाट घाईते भएका वुवा टुडुलाई उपचारको लागी स्थानीय मेडिकलमा लगिए पनि उपचार हुन नसकेपछि मेडिकलले सुबिधा सम्पन्न अस्पतालमा लैजान भनेको जनाईएको छ ।

मेडिकलले सुविधा सम्पन्न अस्पताल लैजान सल्लाह दिएपनि आफन्तले घरमै ल्याई राखेको अवस्थामा मृत्यु भएको  भनी जानकारी पाए प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउना साथ तत्काल जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटी गई कुटपिट गर्ने सुनिल टुडुलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।