Thursday, May 28News That Matters

जंगली च्याउ खाँदा २ घरका ६ जना बिरामी

संखुवासभा, बैशाख २१ गते ।

संखुवासभाको सभापोखरीमा जंगली च्याउ खाँदा दुई घर परिवारका छ जना विरामी परेका छन् । सभापोखरी गाउँपालिका–२ मा जंगली च्याउ खाँदा दुई घरका छ जना बिरामी भएका हुन् ।

शनिवार बेलुका स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाँदा उनको श्रीमती २४ बर्षीया मनिला राई, छोरी ३ बर्षीया सुपी राई, छिमेकी २५ बर्षीय दिनेश राई, उनको श्रीमती २४ बर्षीया अनिता राई र निजको ३ बर्षीया छोरी आकांक्षा राई बिरामी भएको प्रहरीले जनाएको छ ।

अहिले बिरामी छ जनालाई जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।