
पूर्णपुष्टि,फागुन २३ । जनकपुरधाममा मनाइँने होली महोत्सवको प्रमुख आकर्षण महामूर्ख सम्मेलन हुँदैछ । मंगलबार दुई दिवसीय होली महोत्सवअन्तर्गत आयोजना हुने महामूर्ख सम्मेलन सबैको आकर्षणको केन्द्रको रपमा रहेको छ ।
कार्यक्रममा मिनापको हास्य शैलीको व्यङ्ग्यपूर्ण नाट्य प्रस्तुति, मिनापद्वारा होरी गायन, हास्य कवि गोष्ठी, सम्मान, मूर्ख एवं महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान तथा प्रेमोपहार वितरण गर्ने मिथिला नाट्यकला परिषद्का महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिए । उनले भने महामूर्खको उपाधिका लागि विभिन्न व्यक्ति प्रतिस्पर्धामा रहेको मिथिला नाट्यकला परिषद्का महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिए ।
अघिल्लो वर्ष ‘महामूर्ख’को उपाधि मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झालाई प्रदान गरिएको थियो । २०६१ मा जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । होली महोत्सवमा सहभागी भएका होरैया टोलीलाई नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गर्ने बताइएको छ।
