
पूर्णपुष्टि,वैशाख १४
राष्ट्रिय जनगरणना २०७८ विना अवरोध सुचारु गर्न गृह मन्त्रालयले एक सुचना जारी गरेको छ । मन्त्रालयले कोरोना भाईरस कोभिड–१९ बाट बच्न सुरक्षा मापदण्ड पालना गरी जनगणना कार्य सञ्चालन गर्न आग्रह गरेको हो ।
राष्ट्रिय जनगणना २०७८ को स्थलगत तथ्याङ्क संकलनको लागी ७ प्रदेश र ८० जिल्ला जनगणना कार्यालय स्थापना भई तयारीको कार्य भईरहेको छ । स्थलगत तथ्याङ्क संकलन अन्र्तगत घर तथा घरपरिवारलाई सुचिकरण कार्य २०७८ वैशाख २६ देखि जेष्ठ १४ सम्म र मुख्य गणना कार्य २०७८ जेष्ठ २५ देखि आषाढ ८ गते सम्म सञ्चालन हुने मन्त्रालयको सुचनामा उल्लेख छ ।

जनगणना कार्यका लागी देशभर सवै जिल्लामा यही वैशाख १६ देखि २२ सम्म सुपरिवेक्षको तालिम तथा जेष्ठ १७ देखि २२ सम्म गणकको तालिम हुने छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागी नेपाल सरकारले स्वास्थ्य मापदण्ड पालना गरी गणना कार्य गर्न आग्रह गरेको छ ।
नेपालमा वि.सं. १९६८ सालबाट सुरु भएको जनगणना क्रम २०७८ मा हुन गईरहेको जनगणना १२ औं तथा संघीय संरचनामा रुपान्तरण भएपछिको पहिलो गणना हो ।
नेपालको जनगणनाले एक सय वर्ष पूरा गरे पनि देशमा नयाँ संविधान निर्माण र संघीय गणतान्त्रिक संरचनाको यो पहिलो जनगणना हो । तसर्थ, यस पटकको जनगणनाले विशेष महत्व बोकेको छ ।
