Saturday, June 6News That Matters

जनता नमुना माबि गुरुङचौरीका अध्यक्षमा पुन ः तामाङ, १ लाख रुपैयाको छात्रवृति कोष स्थापना गर्ने

पूर्णपुष्टि, बेलका  , पौष १५

जनता नमुना माबि गुरुङ चौरीका अध्यक्ष मनोज तामाङले आफ्नो बिद्यालयमा १ लाख रुपैया बराबरको छात्रबृति कोष स्थापना गर्ने बताएका छन् ।

विद्यालयको व्यवस्थापन समितिको दोस्रो कार्यकाल पनि सम्महालेका तामाङले विद्यालयमा छात्राबृति कोष स्थापना गर्ने बताएको हो ।

पौष १५ गते बसेको अभिभावक भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष तामाङले बिपन्न ,गरिब तथा जेहेन्दार बिद्यार्थिहरुका लागि भन्दै उक्त रकम बराबरको अक्षयकोष स्थापना गर्न लागेका बताउनुभयो ।

अध्यक्ष तामाङको परिवारले यस अघिपनि सार्बजनिक महत्वको बिषयमा निःशुल्क जग्गा दान लगायतका सहयोग प्रदान गर्दै आएका छन् ।

बिद्यालयको बार्षिक आयव्यय प्रस्तुत संगै विद्यालय व्यवस्थापन समितिको पदाधिकारी समिति गठन समेत  अभिभावक भेलाद्वारा गरेको छ । भेलाले पुरानै कार्यसमितिलाई पुनः दोश्रो कार्यकालको लागि अध्यक्ष तामाङ कै नेतृत्वमा कार्य समिति चयन गरेको हो । नव गठित कार्य समितिले थप ३ बर्ष कार्य गर्न सक्नेछ।

वडा नं ४ का वडाध्यक्ष दिपक दंगालले विद्यालयलाई नमुना बनाउन देखि आन्तरिक तथा बाह्य व्यस्थापनमा वडा तथा बेलका नगरपालिकाले सहयोग गरेको बताउदै प्रदेश १ कै नमुना विद्यालय वनाउन आफुहरु लागि परेको बताए।अध्यक्ष दंगालले मेयर दुर्गा कुमार थापाको अनुपस्थिति भए पनि मेयर थापाको शुभकामना सन्देश रहेको बताए। मेयर ज्युले सबैलाई बधाई तथा सुभकामना दिनु भएको छ, अध्यक्ष दंगालले भने।

बेलका नगर शिक्षा समितीका सदस्य तथा कोशी माबि रामपुरका विब्यास अध्यक्ष गणेश बस्नेतले गुरुड०चौरी माबि नमुना विद्यालय पनि भएकोले बेलकाको अभिभावक विद्यालयको रुपमा अघि बढिरहेको बताउदै सबै अभिभावक तथा सरोकारवाला पक्षले सहयोग गर्नुपर्ने बताए।

बेलका नगरका प्रेस संयोजक ललित राईले बिद्यालयले छोटो समयमा धेरै तथा सुखद प्रगति गरेकोले यस्को अझै निरन्तरता संगै शैक्षिक उन्ननयनको कामना गर्दै सरोकार पक्षले सकरात्मक सहयोग गर्नुपर्ने बताए। संयोजक राईले बेलका नगरपालिका शिक्षा शाखाले शिक्षा क्षेत्र  बिकासका लागि सबै बिद्यालयलाई सक्दो सहयोग गर्दै आएको समेत वताए ।

गुरुड०चौरी माबि मा यसै शैक्षिक सत्रबाट प्राबिधीक धार तर्फको सिभिल ईन्जिनियरीड०,नमुना बिद्यालय घोषणा संगै ०(८ अंग्रेजÞी माध्यम संगै बिज्ञान संकाय  कक्षामा पठन पाठन सुचारु गराएको छ। उदयपुरमै पहिलो पटक सामुदायिक विद्यालयमा बस सेवा समेत यसै शैक्षिक सत्र बाट संचालन गरेको छ।हाल बिद्यालयमा ७ सय ५० बढि विद्यार्थीहरु अध्ययनरत रहेको प्रअ सम्मर बहादुर राईले बताए।