Saturday, June 27News That Matters

जबरजस्ती यौनजन्य कार्य गर्न लगाउने ५ जना पक्राउ

पूर्णपुष्टि, चैत १९

किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा होटल सञ्चालकसहित पाँच जना पक्राउ गरेका छन् ।

सिन्धुली घर भई माकलबारी बस्ने २४ वर्षका सरगम भन्ने श्याकुमार भट्टराई, १८ वर्षकी मसेली भन्ने सुहाना तामाङ, काठमाडौं जोरपाटीका ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोट घर भई मालबारी बस्ने २१ वर्षीया मिना थापा मगर र काठमाडौं गगालफेदीका ४७ वर्षीय राजकुमार सुनार पक्राउ परेको प्रहरीले जनाएको छ ।

आफ्नी १८ वर्षीया छोरीलाई कपडा पसलमा काम लगाईदिने भन्दै सुहानाले लगेको र श्यामकुमारसँग मिलेर जवरजस्ती यौनजज्य कार्य गर्न लगाएको भन्दै बुधबार उजरी दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उजुरीको आधारमा प्रहरीले सुहाना र श्यामकुमारलाई पक्राउ गरी उनीहरुले बालिका तथा किशारीहरुलाई राख्न माकलबारीमा लिएको फ्याटमा छापा मारेको प्रहरीले जनाएको छ । त्यहाँ युवतीहरुलाई खान बस्न मिल्ने व्यवस्थाका साथै गर्भ निरोधक अस्थायी साधनहरु पनि बरामद भएको प्रहरीले जनाएको छ ।

पीडित किशोरीलाई पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजलमा पु¥याएर जवरजस्ती करणी भएको भन्दै प्रहरीले होटल सञ्चालक प्रकाश ढुंगेल र मुना थापा मगरका साथै राजकुमार सुनारलाई पनि पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा सुहानाले आर्थिक अवस्था कमजोर भएका बालिका तथा युवतीहरुलाई कपडा पसल लगायतमा काम लगाउने प्रलोभन देखाएर श्यामकुमार कहाँ पु¥याउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

श्यामले भने किशोरीहरको तस्वीर होटल सञ्चालहरुलाई पठाउने र ग्राहकसँग मोलमोलाई गरेर यौनजन्य कार्य गर्न लगाएको पाइएको प्रहरीले जनाएको छ ।

१६ वर्षीया किशोरी भने उनीहरुलाई झुक्याएर भाग्न सफल भएपछि अभिभावकले उजुरी दिएको प्रहरीले जनाएको छ ।