Friday, May 22News That Matters

जलवायु परिवर्तनको प्रकोपबाट ५ करोड भन्दाबढी मानिस प्रभावित

पूर्णपुष्टि, असोज ९

विश्वका पाँच करोड भन्दाबढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित भएको एक प्रतिवेदनले देखाएको छ । जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु बाढी पहिरो, खडेरी आँधीबेहरीबाट विश्वका पाँच करोड १६ लाख मानिस प्रभावित हुन पुगेको इन्टरनेसनल फेडरेसन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटी (आईएफआरसी) को क्लाइमेट सेन्टरले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनले देखाएको हो ।

प्रतिवेदनमा मानव समुदाय एकपछि अर्को गर्दै जोखिममा पर्दै गएकोसमेत उल्लेख छ । उक्त मानिसहरूलाई बाढी, खडेरी वा आँधीबेहरी र कोरोनाबाट प्रत्यक्ष प्रभावित भएको तथ्याङ्क प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रकोपबाट सबैभन्दा धेरै प्रभाव भारत र बङ्गलादेशमा परेको छ । यी दुई देशको झण्डै ४ करोड व्यक्ति बाढी, आँधी र कोरोनाबाट प्रभावित भएका छन् ।

कोरोनाले पनि प्रत्यक्ष रुपमा विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तनसम्बन्धी प्रकोपबाट प्रभावित भएका पाइएको छ । सम्बन्धित प्रकोपबाट प्रभावित व्यक्तिहरुलाई असर पार्दै दुःख बढाइरहेको अध्ययनले प्रकाशन गरेको प्रतिवेदनममा जनाइएको छ ।