Wednesday, May 6News That Matters

जलवायु परिवर्तनले नेपालमा ९० अर्ब नोक्सान

भदौ ८ गते ।

बढ्दै गएको जलवायु परिवर्तनले नपालमा वर्षेनी करिब ९० अर्वको नोक्सान बेर्होनु परेको छ । वन तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययनले जलवायु परिवर्तनकै कारण राष्ट्रले कुल गार्हस्थ्य उत्पादनको करिब २ देखि ३ प्रतिशत अर्थात् ६० देखि ९० अर्ब रुपैयाँको नोक्सान हुने गरेको तथ्यङ्कले देखाएको हो ।

कृषि र खाद्यान्न, जलस्रोत, वन र जैविक विविधता, मानव स्वास्थ्य, पर्यटन, ऊर्जा, जल, सिँचाइ, बसोबास तथा पूर्वाधार लगायतका क्षेत्रमा प्रतिकूल प्रभाव पर्न थालेको अध्ययनले देखाएको छ ।

अहिले नेपालमा वार्षीक ०.०५६ डिग्री सेल्सियसको दरले तापक्रम बढिरहेको अध्ययनले देखाएको छ । यसअघि भएको अन्तर्रा्िष्ट्रय सम्मेलनमा नेपालको तापक्रम वार्षिक ०.०६ डिग्री सेल्सियसका दरले बढिरहेको आँकडा प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

ठूला र विकसित राष्ट्रिहरुले उत्सर्जन गर्ने कार्बनडाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन, क्लोरोफ्लोरो कार्बन लगायतका हानिकारक ग्याँसका कारण नेपालको तामक्रम उच्च गतिमा बढ्न थालेको हो ।

यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।