
पुस ५ गते ।
अनुसन्धानका लागि बारामा जलाउँदै गरेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पचरौता नगरपालिका–१ पिपरपाती निबासी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी जनाएको हो ।
श्रीमान् र श्रीमती बीच भएको झगडामा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि जाँच बुझको लागि प्रहरी गाउँ पुग्दा रामदयाल महतो नुनियाले श्रीमतीको शवलाई जलाउँदै गरेको खुलेपछि शव नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जलाईएका शवको केही भाग मात्रै फेला पारेको प्रहरीले जनाएको छ । मृतकका श्रीमान, सासू र ससुरा सबै फरार रहेकाले घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
