पूर्णपुष्टि,माघ ३ । आइतवार पोखराको सेतीखोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएका थप १ जनाको शव भेटिएको छ । मंलवार सुरक्षाकर्मीको टोलीले अपराह्न थप १ जनाको शव भेटेको हो ।
यससँगै विमान दुर्घटनामा सवार ७२ मध्ये ७१ जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता रहेको र खोजी कार्य जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । आज सेती नदीको पानी घटाएर नहरमा पठाइएसँगै खोजतलासका क्रममा १ जना महिलाको शव भेटिएको उनको भनाइ छ । अब एक जनाको खोजीकार्य भइरहेको छ’, शाहीले भने ।
