
पूर्णपुष्टि,पुष ९
कञ्चनपुरमा आगो ताप्ने क्रममा एक जना महिलाको जलेर ज्यान गएको छ । पुनर्वास नगरपालिका–६ प्रतिभानगर, टाउनमा आफ्नै घरमा आगो ताप्ने क्रममा ३५ वर्षीया गीता थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीकाअनुसार आगोमा परी थापा गम्भीर घाइते भएकी थिइन् । थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
