
मंसिर २४ गते ।
जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सवै भन्दा कमजो देखिएको छ । नेपाली युवालाई रोजगारीको अवसर दिने उद्देश्यले लिईएको परिक्षामा सहभागी पाँच राष्ट्रमध्ये कमजोर देखिएको हो ।
गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्सपछि सबभन्दा कमजोर नतिजा नेपालको देखिएको छ ।
जापान फाउन्डेसनले प्रकाशित गरेको नतिजा तालिकामा नेपालबाट ४९७ जनाले परीक्षा दिएकोमा ५६ जनामात्र उत्तीर्ण भएका थिए । सो अतिजाअनुसार सबैभन्दा बढी मंगोलियाबाट ६१ प्रतिशत र नेपालबाट ११ प्रतिशतमात्र उत्तीर्ण भएका थिए ।
स्ट्यान्डर्ड डेभिएसनमा भने नेपाल तेस्रो भएको परीक्षाको व्यवस्थापन गर्दै आएको जापान फाउन्डेसनले जानएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।
