
चैत ३१
दोलखाको बिगुमा जिप दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । बिगु गाउँपालिका–४, सिँगटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो भने १७ जना घाइते भएका छन् ।
सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप गतराति साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापा रहेको प्रहरीले जनाएको छ । उनीहरू सबै सिँगटी गाउँका हुन् ।
घाइतेमध्ये १० जनालाई गतराति नै काठमाडौंमा उपचार गर्न पठाइएको छ । अन्यको सदरमुकाम चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
