Wednesday, May 20News That Matters

जिल्लाको एकमात्र विमानस्थलबाट उडान नहुदा भोजपुरबासीलाई सास्ती

भोजपुरदेखि विराटनगरसम्मको हवाई उडान यतिबेला ठप्प छ । छ महिनादेखि उडान ठप्प भएको हो । हवाई उठान ठप्प हुदा यात्रुहरु आवागमन प्रभावित बनेको छ । उडान नहुदा विरामी र बृद्धबृद्धालाई चरम सास्ती पुग्ने गरेको छ ।नियमित उडान हुदै गरेकोमा विभिन्न समस्या देखाउदै नेपाल बायुसेवा निगमले उडान बन्द गरेको सर्बसाधारणहरुले बताएका छन् ।

नेपाल वायुसेवा निगम र निजी सेवा प्रदायक कम्पनीले उडान बन्द गर्दा दिनभर यात्रा गरेर धरान, विराटनगर गर्नुपर्ने बाध्यता छ । यात्रा कष्टकर बन्ने गरेको छ । नेपाल वायु सेवा निगमल, भोजपुर विमानस्थलका कर्मचारी विक्रमसिं बस्नेतका अनुसार हप्ताको ४ पटक उडान भर्दै आएकोेमा यात्रु संख्या घटेकाले केहि समयका लागि उडान रद्द गरिएको हो ।

सर्वसाधरणले यथासक्य छिटो उडान सुरु गर्न माग गरेका छन् । उडान सञ्चालनका लागि स्थानीय सरकार र जिल्लास्थित सरोकारवालाले माथिल्लो निकायमा निवेदन गरेको भएपनि अहिलेसम्म कार्यन्वयन नभएको बताइएको छ । सो विमान स्थल भोजपुरको एकमात्र विमानस्थल हो ।