Tuesday, June 30News That Matters

जिल्ला भित्र मात्रै सार्वजनिक यातायात संचालन गर्न पाउने

सार्वजकन यातायात संचालन गर्न ७ वटा नियम

पूर्णपुष्टि, असार २६

सरकारले जिल्ला भित्र मात्रै सार्वजनिक यातायात संचारन गर्न दिने भएको छ । सार्वजनिक यातायात सञ्चालन गर्नु पूर्ब स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर मात्रै संचालन गर्न पाईने भएको हो ।

“चालकसहित सिट क्षमताको बढीमा ५० प्रतिशत मात्र रहने, एक पङ्तीको सिटमा सामाजिक दुरी कायम हुने गरी १ जना मात्र राख्ने, सवै यात्रुलाई माक्स प्रयोग गर्न लगाउने, यात्रुलाई सवारी चढ्न अघि ढोकामा स्यानिटाईजरको प्रयोग गर्ने, सवारी साधनको चालक र सह–चालकले अनियवार्य रुपमा माक्स र पंजाको प्रयोग गर्ने, सवारी साधनलाई प्रत्येक दिन निसंक्रमित गर्ने र जिल्ला भित्र मात्रै संचालन गर्ने” सरकारले जारी गरेको सर्त पालना गर्न जिल्ला प्रहरी कार्यालय उदयपुरले आग्रह गरेको छ ।

यदि सकैले उक्त नियम पालना नगरी उलङ्घन गरेको पाईएमा संक्रमण रोग नियन्त्रण ऐन २०२० अनुसार कानुनी कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।