Friday, May 22News That Matters

जोखिम क्षेत्रमा सेना परिचालन गर्ने निणर्य

पूणर्पुष्टि, जेष्ठ, १८

सरकारले लकडाउन जेष्ठ ३२ सम्म लम्वाएको छ । कोरोना भाइरसको उच्च जोखिम नेपालमा झनै बढ्दै गएको भन्दै यसको अवधि थपिएको हो । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको मोडालिटीबारे कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिएको छ । उच्च जोखिम क्षेत्रहरुलाई कडाई गरिने र कम जोखिम क्षेत्रलाइ खकुलो गरिने निणर्य भएको छ ।

बैठकमा सेना परिचालनको लागि पनि निणर्य गरिएको छ । मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणर्य गरेको छ ।