Monday, August 10News That Matters

ज्वाइँले छोरो बनेर नागरिकता लियो

पूर्णपुष्टि, असोज २१

दाङमा ससुराको नामबाट ज्वाईले नागरिकता बनाएको पाईएको छ । बबई गाउँपालिका–७ का २१ वर्षीय इमाम बक्स मियाँले आफ्नै ससुराको नामबाट नागरिकता बनाएको पाईएको हो ।
जन्मका आधारमा नागरिकता नपाउने भएकोले उनी बञ्चित भए ईमामले गलत बाटो प्रयोग गरेरै २०७५ भदौ २४ गते ईमामले ससुरा छत्रेश्वरी गाउँपालिका–७ का ४६ वर्षीय मुस्ताज मियाँको नामबाट नागरिकता लिएको खुलकोपछि इमाम र उनका ससुरा पक्राउ परेका छन् ।

नागरिकता लिदा इमामले आफ्नो नाम पनि बदलेका छन् । सक्कली नाम इमाम भए पनि नागरिकता लिदा समिर नामबाट लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दाङबाट पटक पटक नागरिकताको लागि पहल गर्दा नबनेपछि ससुरालाई बुवा बनाएर नागरिकता लिएको पाइएको र १५ दिन म्याद थप गराएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।