
पूर्णपुष्टि, साउन २७
ओखलढुङगा सिद्धचरण नगरपालिका ५ चित्रे स्थित बाटोमा सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ ।
गत राती १ बजे भएको झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा तेन्जि शेर्पाको मृत्यु भएको छ भने आङगुबु शेर्पाको सोही अस्पतालमानै उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको छ ।
