Wednesday, May 27News That Matters

झाडापखालाले एकै गाउँका १४ विरामी

उदयपुर, पुस ३ गते ।

उदयपुरमा एकै गाउँका दुई वालवालिकासहित १४ जना झाडापखालाले सिकिस्त विरामी परेपछि बिहिबार जिल्ला अस्पताल उदयपुर लगिएका छन् ।

त्रियुगा नगरपालिका १६ शाहिखदोलामा दुईदिनदेखिको झाडा पखालाले थलिएका विरामीलाई वडा कार्यालयको पहलमा अस्पताल लगिएको हो ।

विरामीहरुमा स्थानीय ६० वर्षिय पष्पराज कार्की, ४७ वर्षिया पवित्रा बुढाथोकी, २१ वर्षिय अञ्जु कार्की, ४२ वर्षिय गणेश बुढाथोकी, २६ वर्षिय धुर्व बुढाथोकी, ४० वर्षिया नरमाया कार्की, ६० वर्षिया ढुण्डीमाया पौडेल, भुपध्यज कार्की, टिका कार्की, ६५ वर्षिया कमला पोखरेल, ६९ वर्षिय नरेन्द्र कार्की, ७१ वर्षिया मनमाया बस्नेत, रेवती कार्की, १३ वर्षिया मुना कार्की र १४ वर्षिय नवराज खड्का रहेको त्रियुगा नगरपालिका–१६ का वडाध्यक्ष मानबहादुर राईले बताए ।

सात परिवारका विरामी परेको अध्यक्ष राईले बताए । उनीहरुको जिल्ला हस्पिटल उदयपुरको आकस्मिक उपचार कक्षमा राखेर उपचार भईरहेको छ । विरामीहरुलाई पेट दुख्ने, झाडा हुने र वान्ता हुने गरेको उनले बताए ।

खाना खाएर सुतेका उनीहरुमा एक्कासी झाडापखाला लागेको थियो । सुरुमा नरेन्द्र कार्कीमा देखिएको झाडापखाला विस्तारै अरुमा देखिएको थियो । झाडा पाखाला हुनुको कारण पत्ता लागेको छैन । फुड पोइजन हो, कलको प्रयोग गर्ने उनीहरुलाई पानीको कारणले वा अन्य कुनै कारणले हो भन्ने कुरा स्थलगत अध्ययन र निरिक्षण आवश्यक देखिएको छ ।

गाउँमा थप विरामी बढ्न सक्ने अवस्था रहेकाले चिकित्सकको टोली गई नियन्त्रणको पहल गर्नुपर्ने वडा कार्यालयले माग राखेको छ ।