
पूर्णपुष्टि,फागुन ३
विश्वका अन्य मुलुकमा यस्तो घटना घटेतापनि नेपालमा भने यस्ता घटना भएको समाचार विरलै आउने गरेका छन् । शनिबार झापाको कनकाई–७ का ३० वर्षीय एक पुरुष करणीमा परेका छन् । उनी सामूहिक करणीमा परेको बताइएको छ । उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा दुई पुरुष नै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाको कनकाई नगरपालिका–७ बिरिङ नदी किनारमा दुई पुरुष संगग्न भएर एक पुरुष माथि यस्तो घटना गराएका हुन् । उक्त घटनामा संगग्न रहेका कनकाई नगरपालिका–६ का १९ वर्षीय पारस तामाङ र कनकाई नगरपालिका–७ का २१ वर्षीय विनोद टुडुलाई प्रहरीले नियन्त्रमा लिएको छ ।
उनीहरुले एक पुरुषलाई खोला किनारमा लगी करणी गरेको प्रहरीले जनाएको छ । उनलाई घाइते अवस्थामा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
घटनामा पर्ने पुरुषको परिचय गोप्य राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
