Sunday, May 17News That Matters

झापामा केरन्ट लागेर ३ वर्षीय बालकको ज्यान गयो

पूर्णपुष्टि, जेष्ठ २६ 

झापामा तीन वर्षीय बालकको करेन्ट लागेर ज्यान गएको छ । बिर्तामोड–१० ठुटेबर चोक स्थितमा बस्ने कुमार गुरुङको तीन वर्षीय छोरा अभिनास गुरुङको करेन्ट लागेर ज्यान गएको हो ।

आज बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका नाबालक अभिनासलाई करेन्ट लाग्दा उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।