
पूर्णपुष्टि,मंसिर १४
झापाको भद्रपुर–४ नरसिंह बगान स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुहित २ भारतिय नागरिक पक्राउ परेका छन । भारत बिहार गलगलिया–४ का १९ बर्षीय महमद जबर र सोही स्थानका ५९ बर्षीय ऐजुब महमद अलीलाई आज विहान ११ बजे प्रहरीले पक्राउ गरेको हो ।
बिशेष सुराकका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रण पश्चात चेकजाँच गर्दा उनिहरुको साथबाट ५ ग्राम खैरोहिरोईन ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनिहरु माथि थप अनुसन्धान भइरहेको छ ।
