Sunday, June 28News That Matters

झापामा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो

पूर्णपुष्टि,कार्तिक २१

झापामा मात्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ९३ रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

सबैभन्दा बढी ५ सय ५८ जना कोरोना संक्रमति दमकमा रहेको छन् भने २० जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।  ३० हजार ४ सय ४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा र् २ हजार ३ सय ६२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको कार्यालयले जनाएको छ । तीमध्ये निको भएर १ हजार ४ सय ४२ जना घर फर्किसकेको कार्यालयले जनाएको छ ।

अहिलेसम्म जिल्लाका भद्रपुर नगरपालिकामा २ सय ९२, मेचीनगरमा २ सय ७८, विर्तामोडमा ३ सय ८७, कनकाईमा १ सय ४१, अर्जुनधारामा ८४, गौरादहमा १ सय ३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १ सय ४८, कमलमा १ सय ५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ जना कोरोना संक्रमित रहेको कार्यालयले जनाएको छ ।