
पूर्णपुष्टि, असार २४
सडक छेउमा जमेको पानीमा डुबेर झापामो एकजना वृद्धको ज्यान गएको छ । शिवसताक्षी नगरपालिका–३ का ७५ वर्षीय नराध्वज लिम्बुको पानीमा डुबेर ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार सडक किनारमा जमेको पानीमा डुबेर बुधबार बेलुकी लिम्बुको ज्यान गएको हो । लिम्बु हिँडिरहेको बेला चिप्लेर पानीमा डुबेका थिए । उनी छिमेकी एक व्यक्तिको दाहसंकारमा गएर फर्कदै गर्दा लडेका थिए । उनले मादक पदार्थ सेवन गरेको प्रहरीको भनाइ छ । उक्त लिम्बुको टाउको पानीमा डुबेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
