Thursday, June 11News That Matters

टिप्परमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

पूर्णपुष्टि, असोज २५

भक्तपुरमा रोकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको बा ३ ख ८८०३ नम्बरको टिप्परमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक लक्ष्मण ट्वाटीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका चालक भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण ट्वाटीको डाक्टर इवामुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेकी ७ वर्षकी प्रमिला लामाको डाक्टर इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।