Sunday, June 28News That Matters

टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

पूर्णपुष्टि, चैत ८ 

झापाको दमकमा टिप्परले मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । शनिवार साँझ टिप्परले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक मोरङ रतुवामाई नगरपालिका–८ का २३ वर्षीय नीरन बस्नेत र अर्का २४ वर्षीय अनिष कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गको दमक–४ चियाबगान सडकखण्डमा प्रदेश–१–०२–००१ क १०८२ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०२–०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिप्परले ठक्कर दिँदा घाइते भएका बस्नेतको शनिवार साँझ बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने अर्का घाईते कोइरालाको पनि उपचार गर्न लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकले टिप्पर चालक दमक–४ बस्ने ४९ वर्षीय प्रकाश तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाईएको छ ।