टिप्पर दुर्घटना ४ जनाको मृत्यु

मंसिर १२ गते । 

हुम्लामा टिपर दुर्घटना हुदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सिमकोट गाउँपालिका–७ नाग्मामा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको हो ।

दुर्घटनामा घाइते भएका सिमकोट गाउँपालिका–६ निबासी बक्त रोकायाको उपचारका क्रममा जिल्ला अस्पताल हुम्लामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाद्य संस्थानको चामल बोकेर सल्ली खोलाबाट सदरमुकाम सिमकोटका लागि हिडेका लु ४ ख ३२६९ नम्बरको टिपर दुर्घटना हुँदा नाम्खा गाउँपालिका –१ हेक्पा निबासी नरी लामा, छिरिङ तार्मा लामा र खार्पुनाथ –१ प्यूस निबासी बर्बजंग शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

११ जना घाईतेहरुको जिल्ला अस्पताल सिमकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0