Friday, May 8News That Matters

टी-१० लिग पारसले खेल्ने

कात्तिक ८ गते । 

टी–१० क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काले खेल्ने भएको छ । नेपाली राष्ट्रिय टिमको कप्तानी छोडेको एक सातापछि उनले विदेशी लिग खेल्ने पक्का भएको हो ।

१० वर्ष नेपाली टिमको कप्तानी गरेको पारसले पहिलो पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने भएको हो । टी–२० र एकदिवसीय क्रिकेटमा सतक बनाउने एक्लो नेपाली खेलाडी पारसले करियरमा अर्काे फड्को मारेका छन् ।यूएईमा आगामी महिना हुने टी–१० मा पारस अवुधावी टिमबाट खेल्ने छन् । यस खेलबाट पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी पनि बन्ने छन् । नेपालबाट लेगस्पिनर सन्दीप लामिछाने र अलराउण्डर सोमपाल कामीले विदेशी फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

अबुधावीको ट्वीटर ह्याण्डलबाट पारसलाई समेटिएको तस्विरसहित खेलाडीको सूची सार्वजनिक गरेको हो ।  पारसको टिममा मोइन अलि र भारतीय पूर्व अलराउण्डर युवराज सिंह आइकोनिक खेलाडीको रुपमा रहेका छन् । उक्त खेल खेले बापत पारसले १० हजार अमेरिकन डलर पारिश्रमिक पाउने सम्झौता भएको छ ।