
धनकुटा, फागुन २५
धनकुटामा ट्याक्टरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । सहिदभुमी गाऊपालिका–७ चाम्चा बस्ने ५० बर्षीया मनकुमारी राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।
सोमबार दिउसो ११ बजे सोही स्थानमा ना ५त १९७१ नम्बरको ट्रयाक्टरले पैदल यात्री राईलाई ठक्कर दिई घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
