
मोरङ, असोज १६
मोरङमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मिक्लाजुङ–४ निबासी ७४ बर्षीय डिकबहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।
प्र. नं. १–०१–००१ त ८२५५ नम्बरको ट्याक्टरले पैदल हिडिरहेका राईलाई आज दिउसो सवाँ २ बजे ठक्कर दिदा उनि गम्भिर घाईते भएको थियो । ट्याक्टरको ठक्करबाट घाईते भएका राईको अरनिको अस्पताल उर्लावारीमा उपचारको क्रममा पौने ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

