Thursday, May 7News That Matters

ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

धनकुटा /असोज १६ गते ।
धनकुटाको चौबिसेमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । चौविसे गाउँपालिका–३ गढिगाउँका १७ बर्षीय लक्ष्मण तामाङको मृत्यु भएको हो ।
गढिगाउँको भित्री सडक खण्डमा तमोर नदीबाट बालुवा बोकी मुढेतर्फ जाँदै गरेको को २ त २८३६ नम्बरको ट्याक्टरबाट लडेर  मंगलवार राती ८ बजे लडेर घाईते भएका तामाङको धरानको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर र ट्याक्टर चालक प्रहरी चौकी मुढेवासको नियन्त्रणमा  राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।