
उदयपुर, मंसिर १० गते ।
उदयपुरको ताप्लिमा ट्याक्टरले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । ताप्लि गाउँपालिका–४ निबासी ५१ वर्षीय होमबहादुर रानाको मृत्यु भएको हो ।
यारी खोलाबाट थानगाउँ तर्फ धान लोड गरेर जाँदै गरेको ना ५ त ६६०७ नम्बरको ट्याक्टरले गतराती साढे ७ बजे रानालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट घाईते भएका रानाको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ट्याक्टर चालक फरार भएकाले खोजतलास भईरहेको छ भने ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
