
धनकुटा/भाद्र ८ गते ।
धनकुटाको सागुरीगढीमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । सागुरीगढी गाउँपालिका–९ थाम्चुवाको भित्री सडक खण्डमा दुर्घटना हुदा चालकको मृत्यु भएको हो ।
तमोर करिडोर सडक खण्डको लागि सिमेन्ट बोकेर ईटहरीबाट धनकुटातर्फ जादै गरेको लु ४ त २६९९ नम्बरको टयाक्टर शनिबार साझँ ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सिमेन्ट बोकेका कालिका कन्सट्रक्सनको ट्याक्टर दुर्घटनामा चालक सुनसरी बराहाक्षेत्र नगरपालिका–८ मैनाबारी निबासी २६ वर्षीय राकेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रातीसम्म काम पनि चौधरी सिमेन्ट लिएर नपुगेपछि ठेकेदार कम्पनीका मानिसहरुले खोजतलास गर्ने क्रममा विहान करिब ३ बजे चौधरी मृत अवस्थामा फेला पारेको थियो । ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनथास प्रहरी घटना स्थल पुगी शव परिक्षणकोे लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको प्रहरीले जनाएको छ ।
