
खोटाङ माघ ६ गते ।
खोटाङको ऐसेलुखर्कमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुर्घटनामा चालक उदयपुर त्रियुगा नगरपालिका–६ निबासी २८ बर्षीय देब नारायण चौधरीको मृत्यु भएको हो ।
हलेसीबाट रबुवा तर्फ जाँदै गरेको ना ५ त ७१५४ नम्बरको ट्याक्टर दिक्तेल सडक खण्डको ऐसेलुखर्कमा राती १ः४५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टरी अनियन्त्रित भई सडकदेखि करिब २५ मिटर तल खसेर दुर्घटना हुदा ट्याक्टरले किचेर चालक चौधरीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।
