Thursday, June 25News That Matters

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ताप्लेजुङ, बैशाख १५ गते ।

ताप्लेजुङको श्रीजंगामा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । श्रीजंगा गाउँपालिका–२ मा ट्याक्टर दुर्घटना हुदा ट्याक्टर चालक निर्मल लामिछानेको मृत्यु भएको हो ।

खाद्यन्न लिएर खादिम्बे तर्फ जाँदै गरेको जनमेजय निर्माण सेवा प्रा.लि. को  प्रदेश १–०१–००१ त ८२४८ नम्बरको ट्याक्टर बिहान सवा ११ बजे आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकदेखि करिब एक सय मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक पाँचथरको हिलिहाङ गाउँपालिका निबासी २२ बर्षीय लामिछानेको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुर्घटनामा ट्याक्टरका सह–चालक स्थानीय १९ बर्षीय रुद्र पौडेल घाईते छ । उनको उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको जिप्रका ताप्लेजुङले जनाएको छ ।