Sunday, June 28News That Matters

ट्रकले किचेर उदयपुरमा १ जनाको मृत्यु

 पूणर्पुष्टि, पुष ५

उदयपुरगढी गाउँपालिका ७ नेपालटार रातमाटामा ट्रकले किचेर आइतबार  १ जनाको मृत्यु भएको छ । मृतक ट्रककै सहचालक ४५ बर्षिय पुर्श बहादुर कार्की रहेको जनाइएको छ ।

कटारी नगरपालिका घर भएका मृतक कार्कीलाई आफै काम गर्ने ना २ क ९ नम्वरको माल बाहक ट्रकले किचेको हो । उनको घटना स्थलमै मृत्यु भएको छ । घट्ना स्थलमा प्रहरीले प्रकृति मुचुल्का समेत उठाई सकेका छन् ।

ट्रकले ढुँगा ढुवानी गर्दै जलजले तर्फ आउँदै गर्दा दुर्घटना भएको बताइएको छ ।