
ओखलढुङगा, असार २५
ओखलढुङगामा ट्रक दुर्घटना हुदा चालकको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–८ सेतिदेवी स्थित सिद्धिचरण राजमार्गमा ट्रक दुर्घटना हुँदा चालक नवराज कार्कीको मृत्यु भएको हो ।
काठमाण्डौबाट रड बोकेर सोलुको बेनी तर्फ जाँदै गरेको बा ३ ख ९६ नम्बरको ट्रक आज बिहान साँढे ४ बजे अचानक दुर्घटना हुँदा ट्रक चालक दोलखा जिरी नगरपालिका–४ का २५ बर्षीय कार्कीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
