Tuesday, June 9News That Matters

ट्रम्प समर्थकको प्रदर्शनमा ४ को मृत्यु

पूर्णपुष्टि, पौष २३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरुको हिंसात्मक प्रदर्शनमा ४ जनाको मृत्यु भएको छ । वाशिङ्गटन मेट्रो प्रहरीका अनुसार १ महिलाको प्रहरीको गोली लागी मृत्यु भएको छ भने ३ जनाको मृत्यु स्वास्थ्य समस्याका कारण भएको हो ।

गत नोभेम्वरमा भएको अमेरिकी राष्ट्रपति निर्वाचनको इलेक्टोरल मतको नतिजाको लागि बैठक बसिरहेको समयमा ट्रम्पका समर्थकहरु जबरजस्ती भवनभित्र छिर्ने बेलामा प्रहरीले रोक्न खोज्दा हिंसा शुरु भएको थियो ।

निर्वाचनमा ट्रम्पका प्रतिद्वन्दी जो बाइडेन नयाँ राष्ट्रपति बन्ने भएपछि ट्रम्पका समर्थकहरु हात–हथियार सहित संसद भवन भित्र बलपूर्वक प्रवेश गरेका थिए ।