
साउन २९ गते ।
काठमाण्डौमा ट्राफिक प्रहरीको म्यानको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको आकस्मिक निरीक्षण टोलीको भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको हो ।
काटेश्वरबाट बालकुमारी तर्फ आउँदै गरेको भ्यानले आकाशे पुलमुनि बा १ झ ७८६६ नम्बरको गाडीले राति ११ः१० बजे पहिचान नखुलेको व्यक्तिलाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट घाईते भएका व्यक्तिको उपचारको क्रममा वीर अस्तालको ट्रमा सेन्टरमा विहान मृत्यु भएको प्रहरीले जाएको छ ।
