Saturday, June 27News That Matters

ट्रिपरको ठक्करबाट १ जनाको मृत्यु

सुनसरी, चैत्र २९

सुनसरीमा ट्रिपर पछाडी सार्ने क्रममा ठक्कर दिदा एक पैदलयात्रीको मृत्यु भएको छ । ईटहरी १ आपगाछी चौकमा ट्रिपर पछाडी सार्ने क्रममा ठक्कर दिदा पैदल यात्री स्थानीय ७२ बर्षीय पुर्णबहादुर गुरूङको मृत्यु भएको हो ।

आज दिउसो सभा २ बजे सडक साईडमा रोकी राखेको प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको ट्रिपर पछाडी सार्ने क्रममा गुरुङलाई ठक्कर दिई घट्नास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

ठक्कर दिने ट्रिपर र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।