Tuesday, June 9News That Matters

ठगी गर्ने २ जना पक्राउ

सुनसरी, चैत्र १२ गते

ईटहरी उप–महानगरपालिका ९ का २० बर्षीय फैजान आलम र ईनरुवा नगरपालिका १० का ४१ बर्षीय जल्ला उदिन मियाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ परेका दुवै जनाले ईटहरी ८ का यज्ञ बिक्रम ठकुरीलाई आर्थिक प्रलोभन देखाई नक्कली सुनका सिक्काहरु दिई रकम ठगी गरेको भन्ने सूचनाका आधारमा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरुले ठकुरीलाई बिभिन्न प्रलोभन देखाई सक्कली सुन भनी नक्कली सुनको सिक्का दिई ठकुरीबाट ४ लाख नगद लगेको र  सम्पर्क बिहिन भए संगै आफु ठगिएको थाहा पाई ठकुरीले ईलाका प्रहरी कार्यालय ईटहरीमा जानकारी गराएका थिए ।

ठगी भएको सूचना पाए संगै ठगी गर्ने ब्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।